हेटौंडा–११, डाङ्डुङ्गेमा रहेको मामाघर नेपाल ।

हेटौंडाः आफ्नो जन्मदिन मामाघर नेपालमा मनाउँदै मामाघरलाई सहयोग गरिएको छ । हेटौंडा–२ निवासी सुदिक्षा मैनालीले आफ्नो जन्मदिनको केक काटेर मामाघरमा आश्रित भाञ्जाहरुसँग खुशी साटासाट गर्दै जन्मदिन मनाउनुभएको हो ।

जन्मदिनको अवसरमा मैनालीले मामाघरलाई चाउचाउ, बिस्कुट, चकलेट तथा फलफूल सहयोग प्रदान गर्नुभएको छ । सो अवसरमा प्रकृति मैनाली तथा सन्तोषी बर्ताैलाको समेत उपस्थिति थियो ।

मामाघर नेपालले सडक बालबालिकाको उद्दार, परामर्श, आवासीय सेवा तथा सुविधा, शिक्षा, स्वास्थ्य र पारिवारिक पुनस्र्थापना गर्दै आइरहेको छ । सडक बालबालिकामुक्त, सभ्य समाज निर्माण अभियानमा जोडिएर सहयोग गरेकोमा मैनाली परिवारलाई मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले धन्यवाद दिनुभएको छ ।