श्रद्धा बराल १२, हेटौँडा स्कूल अफ म्यानेजमेन्ट

हाँस्दा हाँस्दैको शरीर जल्नु पर्ने छ एक दिन
चितामाथि मस्त सुतेर बल्नु पर्ने छ एक दिन

लाखौं करोडौंको घमण्डले छाती फुलाए पनि
नाङ्गो शरीर,रित्तो हात चल्नु पर्ने छ एक दिन

आँसुले ती सिरानी नभिजाएनि हुन्छ हजुर
देखावटीकै संस्कृतमा ढल्नु पर्ने छ एक दिन

मनमुटुमा चोट पर्यो त भन्दै नभने हुन्छ
माटो तलै दबिएर गल्नु पर्ने छ एक दिन

दुस्खको पहिरोले सारा खुसी पुरिए पनि
त्यहीँबाट पालुवा बनी फल्नु पर्ने छ एक दिन