हेटौंडाः मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण शुक्रबार एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान हेटौंडा अस्पतालमा उपचारको क्रममा एक जना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नं. ५ का ७२ वर्षीय वृद्ध रहेका अस्पतालमा डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । उहाँको अनुसार वृद्धमा असार २४ गते कोरोना पुष्टि भएको र असार २५ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।
योसँगै मकवानपुर जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय ३४ पुगेको छ ।