हेटौंडाः लियो क्लब अफ इन्टरनेसनलले बुधबार मामाघर नेपाललाई खाद्यान्न सहयोग गरेको छ । मामाघर नेपाल मकवानपुरलाई चामल ४ बोरा, आलु २ बोरा, चना १० किलोग्राम, केराउ १० किलोग्राम, सोयाबिन २ बोरा, प्याज २ बोरा, साबुन १ कार्टुन र सर्फ १० प्याकेट हस्तान्तरण गरिएको छ ।
‘जहाँ आवश्यकता त्यहाँ लायन’ भनेर मामाघर नेपाललाई सहयोग गरिएको क्लब सभापति किशोर टण्डनले जानकारी दिनुभयो । आवश्यकताअुनसार विभिन्न संघसंस्थाले सहयोग गरिरहेकोमा मामाघर नेपाल मकवानपुरका संरक्षक अर्पण पराजुलीले आभार व्यक्त गर्नुभएको छ । आगामी दिनमा पनि यस्ता प्रसंशायोग्य कामलाई निरन्तरता दिई आफ्नो पहिचान कायम गर्न पराजुलीले आग्रह गर्नुभएको छ । लियो क्लबका सभापति किशोर टन्डनको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।