हेटौंडाः प्रहरीले लागूऔषध नाइट्रोभेटसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलिले १ सय ५० ट्याब्लेट नाइट्रोभेटसहित ४ जनालाई हेटौंडा–४ को पूर्व–पश्चिम सडकखण्डबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरु लागूऔषध कारोबार गर्दागर्दै पक्राउ गरेको हुन् ।
पक्राउ पर्नेमा हेटौंडा–१० को २३ बर्षीय विवेक न्यौपाने, हेटौंडा–५ का १९ बर्षीय एडी चौधरी, काभ्रे नमोबुद्व नगरपालिका भई हेटौंडा–५ बस्दै आएका २० बर्षीय सुरज लामा र सिन्धुली मरिन गाउँपालिका घर भई हाल हेटौंडा बस्ने २३ बर्षीय विशाल कुमार वाईबा हुन् ।
यसैगरी गएराति बारा जिल्लाबाट हेटौंडा तर्फ आउँदै गरेको दुई जनालाई १४६९ पिस लागूऔषध नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको छ ।
हेटौंडा–१५ स्थित पिपल चौतरा स्थित पूर्व पश्चिम लोकमार्गमा बा९५ प ७९३२ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकगर्दा चितवनको कालिका नगरपालिका १ बस्ने २३ बर्षीय रवीन बिक, २२ बर्षीय अर्जुन श्रेष्ठलाई पहरीले लागूऔषधसहित फेला पारेको थियो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताउनुभयो ।