हेटौंडाः बागमती प्रदेश सभा आज दिउँसो ३ बजे बस्दैछ । शनिबार प्रमुख विपक्षी दल लगायत विपक्षी सबै दलहरुले बजेटबारे चर्का आलोचना गरेका थिए ।
विपक्षी सांसदहरुले उठेर विरोध जनाएसँगै सदन चल्न नसक्ने देखिपछि सभामुख सानुकुमार श्रेष्ठले आज बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गर्नुभएको थियो । यद्यपि दलहरुसँग सहमतिको प्रयास भइरहेको छ ।
प्रदेश सभामा एमालेको बहुमत भएपनि एमालेका केही सांसदहरु नै बजेटप्रति सकारात्मक देखिदैन । एमालेको सांसद राजेन्द्र पाण्डेले पनि बजेट धादिङको रुबी भ्याली, सुरुङमार्ग तथा विद्युतीय बस खरिदमा सरकारको विरोध जनाएका छन् । आज बस्ने प्रदेश सभा बैठक फेरि पनि अवरुद्ध हुने सक्ने देखिएको छ ।