हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठबिच भेटघाट भएको छ । भेटघाटमा बागमती प्रदेशलाई कोरोना खोप उपलब्ध गराउनेबारे छलफल भएको छ ।
प्रदेश सरकारले खोप खरिदको लागि २ अर्ब बजेट विनियोजन भएको जानकारी स्वास्थ्य मन्त्री श्रेष्ठलाई बताउँदै सहकार्यको लागि मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभएको छ ।
यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्र तथा प्रयोगशालाको बिषय, किटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको वर्तमान कार्यक्षेत्र र क्षमता विस्तार गरी बागमती प्रदेश सरकार अन्तर्गतको (मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान) संरचनामा संचालन अनुमतिका लागि छलफल अघि बढाइएको छ ।