हेटौँडाः हेटौँडाका विभिन्न स्वाब सङकलन केन्द्रबाट मंगलबार ६१ जनाको स्वाब सङकलन गरिएको छ ।
हेटौंडाको गौरीटार, गोरक्षश्वर तथा पल्पसा आइसोलेशन १७ जना महिला ४४ जना पुरुषसहित कुल ६१ जनाको स्वाब सङकलन गरिएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौँलागाईले जानकारी दिनुभयो ।
गौरीटारमा ४ गोरक्षश्वरमा ३४ र पल्पसामा २३ गरी ६१ जनाको स्वाब सङकलन गरिएको छ । उनीहरुको स्वाब नमुना कोरोना परीक्षणको लागी हेटौँडा अस्पताल पठाइएको जनस्वास्थ्य निरिक्षक चौँलागाईले बताउनुभयो ।