सांकेतिक तस्वीर ।


हेटौँडाः हेटौँडा अस्पतालको कोभिड कक्षमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मङगलबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नं. १८ की ६५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हेटौँडा अस्पतालका सुचना अधिकारी राजीब झाले जानकारी दिनुभयो ।

हाल हेटौँडा अस्पतालमा १२ जना महिला र २५ जना पुरुष गरी ३७ जना कोरोना संक्रमित बिरामीहरु उपचाररत रहेका अस्पतालले जनाएको छ ।