हेटौंडाः हेटौंडा स्थित स्वाब संकलन केन्द्रबाट ४३ जनाको स्वाब संकलन गरिएको छ । १९ जना महिलासहित ४३ जनाको स्वाब संकलन भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो । उनीहरुको स्वाब नमूना कोरोना परीक्षणको लागि हेटौंडा अस्पताल पठाइएको छ ।