हेटौंडाः नेपाल विद्यार्थी संघको महामन्त्री प्रभात कुमार दाहालको अगुवाईमा नेपाली कांग्रेस मकवानपुर सल्लाहकार भरत पराजुली, नेपाल तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक लगायतको टोलीले मनहरी गाउँपालिका–९ रजैया खरंगामा राहत वितरण गरेका छन् । ५७ हजार पाँच सय बराबरको चामल सहयोग गरिएको समाजसेवी विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

सहयोग कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मम लाल दोङ, नेपाली कांग्रेस मनहरी गाउपालिका पुर्व सचिव तथा युवा नेता प्रकाश बर्तौला, शिक्षक संघ मकवानपुर सचिव विदुर थापा,तरुण दल मकवानपुर उपाध्यक्ष निराजन बर्तौला, मनहरी गाउपालिका तरुण दल अध्यक्ष स्वतन्त्र उप्रेती, वडा सभापति राजकुमार श्रेष्ठ, सह–सचिव विष्णु खतिवडा, ईमान सिंह थिङ, कबराज सापकोटाको उपस्थिति रहेको थियो । उनीहरुको समूहले हरेक दिन समस्यामा रहेका परिवारलाई राहत वितरण गर्दै आएका छन् ।