हेटौंडाः हेटौंडा उपमहानगरको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरण अनुसार मकवानपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वाब संकलन गरेका ९४ जनामध्ये ४८ जनामा संक्रमण पुष्टि भएको हो । मकवानपुरगढीका ३ जना, मनहरीका २ जना, भीमफेदीका २ जना, जिल्ला बाहिरका २ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।