हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरमा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवापनुरले सार्वजनिक गरेको विवरणअनुसार ३७ जनाको पीसीआर रिपोर्ट र ४४ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो ।
आइतबार दिउँसो २ बजे सार्वजनिक भएको विवरणअनुसार हेटौंडाका ३३ जना, थाहा नगरका ७ जना, मकवानपुरगढीका १ जना, कैलाशका १ जना, मनहरीको ११ जना, भीमफेदी ९ जना, बकैयाँ १ जना र राक्सिराङका १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।