हेटौंडाः मकवानपुरमा आज २९ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार स्वाब संकलन गरिएको ६५ जनाको कोरोनाको पीसीआर परीक्षण गर्दा १४ जना महिला र १५ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये मनहरीको एक जना, जिल्ला बाहिरको १ जना र ठेगाना नखुलेको २ जना रहेको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएको २९ मध्ये ३ जना बालबालिका छन् ।