हेटौंडाः मकवानपुर जिल्लामा ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार ८७ जनाको स्वाब परीक्षण गर्दा ४९ जना (५६ प्रतिशत) मा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये हेटौंडा उपमहानगरपालिकाका ४४ जना छन् भने मनहरी गाउँपालिकाका ३ जना र भीमफेदी गाउँपालिकाका २ जना छन् ।