हेटौंडाः पञ्चसिद्धि फाउण्डेसनको साथमा रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा हेटौंडामा निशूल्क खाना खुवाउने कार्यक्रम नवौं दिन पनि जारी छ । निषेधाज्ञाका कारण छाक टार्न नसकेकाहरुको सेवामा जारी निशुल्क खाना अभियान अन्तर्गत बिहीबार २४२ जनाले निशूल्क खाना खाएका छन् ।

बिहीबार हेटौंडा–४, हुप्रचौरमा १०९ जना, हेटौंडा अस्पतालमा बिरामी कुरुवाका लागि १०१ र असहाय बिरामीहरुका लागि घरमुखी सेवाबाट ३२ जना गरी कुल २४२ जनालाई सेवा पुर्‍याएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभएको छ । यसैगरी हेटौंडा अस्पतालमा उपचाररत ९५ जनालाई निशुल्क बिहानीको नास्ता प्रदान गरिएको छ ।

निशूल्क खाना खुवाउने अभियानमा विभिन्न क्षेत्रबाट नियमित सहयोग पनि प्राप्त भइरहेको छ । बिहीबारको खानाका लागि हेटौंडा–४ निवासी डा. मुरारी लाल दास, रवि अग्रवाल र उद्धब चापागाईले सहयोग गर्नुभएको अध्यक्ष सांगामीले जानकारी दिनुभयो । बिहीबार कै लागि हेटौंडा–४ निवासी कृष्णहरी सुवेदीले १ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको छ ।