मकवानपुरमा दुर्घटना भएको एम्बुलेन्स

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ नवलपुरमा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनमा उपचार गरेर एम्बुलेन्समा घर फर्कँदै गरेका जितबहादुर थिङको दुर्घटनामा परी मृत्यु भएको हो ।

बागमती प्रदेश ०१–००२५ च ३६३८ नम्बरको एम्बुलेन्सले ना ६ ख ४३८० नम्बर ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार अन्य २ जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

६६ वर्षका जितबाहादुर थिङ कोरोना संक्रमित भई १४ दिन अस्पतालमा उपचार गराएर घर फर्कदै गरेका थिए । बागमती–४ सर्लाही जाने क्रममा बिहान साढे चार बजेको समयमा हेटौंडाको नवलपुरमा एम्बुलेन्स दुर्घटनामा परेको हो ।