हेटौंडाः नेपाल स्काउट बागमती प्रदेशको प्राविधिक सहयोग र हेटौंडा उपमहानगरपालिका कमिटिको आयोजनामा कोभिड संक्रमितको घरघरमा पुगेर डिस्इनफेक्ट गर्ने काम सुरु भएको छ ।
१७ जेठ बाट सुरु भएको स्काउटले अहिले हेटौंडा उपमहानगरको ५ र ९ नम्बर वडाका १४ घरमा डिस्इनफेक्ट गरिसकेको छ । आज हेटौंडा १२ नम्बर वडामा डिस्इन्फेक्ट गर्न टोली पुगेको छ । ६ जनाको टोलीले होम आइसोलेसनमा बसेर डिस्चार्ज भएकाहरुको घरघरमा गएर डिस्इन्फेक्ट गरिरहेको स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगरले जानकारी दिनुभयो ।
उहाँले वडा कार्यालयसँग समन्वय गरेर डिस्इन्फेक्ट भइरहेको जानकारी दिनुभयो । सबैभन्दा पहिले धेरै संक्रमित भएको टोलमा डिस्इन्फेक्टको काम भइरहेको छ । स्काउटले हेटौंडाको १९ वटै वडामा डिस्इन्फेक्ट गर्नेछ ।