हेटौंडाः हेटौंडा लेडी जेसिजद्वारा अटो एम्वुलेन्सलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तारन्तरण गरेका छन् । हेटौंडा लेडी जेसिजका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
प्रमूख अतिथि हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुँदै मानवको सेवा सर्वोत्तम कार्य भएकाले मनावीय धर्म निर्वाह गर्न एम्वुलेन्स अटो चलाकलाई अग्राह गर्नुभएको छ । नगरमा बढि आटो भाडा लिएको गुनासो आएकाले ध्यानाकर्षण गर्नुभएको छ । १२ सय रुपैयाँ सम्मको भाडा लिएको उपमहानगरलाई यात्रुहरुको गुनासो भएको महतले जानकारी दिनुभएको छ । ३६ थान पीपीइ, सेनिटाइजर २० लिटर, माक्स ३६ प्याकेट र फेससिल ३६ थान सहयोग गरिएको हो ।
कुखुरा व्यवसायी संघका निवर्तमान अध्यक्ष राजु अधिकारीले उक्त समाग्रीको सहयोग गरिएको हो । जेसी ज्योती काफ्लेको संयोजकमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा लेडी जेसिजका पूर्व अध्यक्ष रश्मि बस्नेत, अटो व्यवसायी संघका अध्यक्ष भीम प्रसाद गौतम, कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुुलनाथ पौडेल, हेटौंडा जेसिजका अध्यक्ष लिशेन बस्नेत लगायतको सहभागीता रहेको थियो ।