सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा बुधबार एक संक्रमितको मृत्यु भएको छ । थाहा नगरका ३७ वर्षीय एक पुरुषको आज बिहान ७ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।

यो सँगै कोभिड–१९ को दोस्रो लहरमा हेटौंडा अस्पतालमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ । अहिले अस्पतालमा ५० जना कोभिड संक्रमितहरुको उपचार भइरहेको छ ।