हेटौंडाः पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१९ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ७ हजार ३ सय १६ र ३ सय ४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार १ सय ६३ जना रहेका छन् । जसमध्ये ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसनमा र १ लाख दुई हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् ।