हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिरबाट शुक्रबार १९८ स्वाब नमूना संकलन गरिएको छ । कोरोनाको पिसिआर परीक्षण गर्न स्वाब नमूना संकलन गरिएको हो ।
संकलन भएको स्वाबको नमूना हेटौडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाउने तयारी भएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
यस्तै हेटौंडा– २ स्वास्थ्य चौकीबाट एन्टिजेन विधिबाट कोरोना परीक्षण हुँदै आएकोमा अब रोकिने भएको छ । एन्टिजेन परीक्षण गर्न आवश्यक किट नभएको चौलागाईले जानकारी दिनुभयो ।