हेटौंडाः ६ वर्षबदेखि मानव सेवा आश्रम हेटौंडामा बस्दै आएका सुशिल बलको पारिवारिक पुनर्मिलन भएको छ ।

सुशिल मानव भनेर बोलाउने गरेका उनलाई आज मानव सेवा आश्रमले बकैयाको कविरस्तान भन्ने गाउँमा पुगेर पारिवारिक पुनर्मिलन गराएको हो । ६ वर्षपछि छोरा घरमा अएपछि बुवा बिरबहादुर बलले धेरै खुशि लागेको बताउनुभयो ।

‘घर आउँछ भन्ने लागेको थियो आइपुगेछ ।’ उहाँले भन्नुभयो । यस्तै आमा सानु माया बलले पनि आफ्ले जन्म दिएको छोरा घर आउने आशा राखेको बताउनुभयो । मानवसेवा आश्रमले सुशिललाई हेटौंडाबाट उद्धार गरेको थियो ।