हेटौंडाः बागमती प्रदेशको उपत्यकाबाहेकका दश जिल्लामा ९ जना प्रहरीमा कोभिड–१९ पुष्टि भएको छ ।

मकवानपुरको ३ जना, चितवनको १ जना र रसुवाका १, काभ्रेको २ र सिन्धुपाल्चोकको २ जनामा संक्रमण पुष्टि भई उनीहरु आइसोलेसनमा बसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुने सबै पुरुषहरु छन् । उनीहरु २५ देखि ४५ वर्ष उमेरसमूहका रहेका छन् । प्रहरीले जिल्ला प्रहरी कार्यालयमा परिसरमै आइसोलसन निर्माण गरेको छ । प्रहरी उपरीक्षक सिलवालका अनुसार बागमती प्रदेशको सबै प्रहरी कोभिड–१९ परीक्षण गर्ने तयारी भएको छ ।