सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा कोभिड–१९ संक्रमित एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।

बारा जिल्लाको अमलेखगन्जका ४६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । यसअघि आइतबार राती पनि कोरोना भाइरस संक्रमित हेटौंडा–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।