हेटौंडाः मकवानपुरमा हुने स्थानीय तह शहीद स्मृति गोल्डकपको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । गोल्डकपमा १० वटा क्लबले सहभागिता जनाउने छन् ।
आज खेल तालिका सार्वजनिक गर्दै मकवानपुर फुटबल संघले विदेशी टिम अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन सहित ए डिभिजन लिगका ६ वटा क्लबहरुले गोल्डकपमा सहभागिता जनाउने बताएको छ ।
यही फागुन २७ गतेदेखि चैत्र ७ गतेसम्म हुने गोल्डकपमा नेपाल आर्मि क्लब, नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब काठमाडौंसहित मकवानपुर–११, नव जनजार्गती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही सहभागि हुनेछन् ।
गोल्डकपको उद्घाटन खेल फागुन २७ गते मकवानपुर–११ र नवजनजागृती युवा क्लब सिमरा बिच हुनेछ ।
खेलको लागत करिब १ करोड अनुमान गरिएको प्रतियोगिता मूल आयोजक समितिका संयोजक प्रताप विष्टले जानकारी दिए । हेटौंडा–१०, स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगिता दैनिक ४ हजार दर्शकले हेर्न सक्नेछन् । मकवानपुरका १० वटै स्थानीय तहले प्रतियोगिताको लागि ७० लाख रुपैयाँ दिने भएको हो ।