हेटौंडाः हेटौंडामा यही फागुन २१ र २२ गते पाँचौं जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता हुने भएको छ । नेपाल शिन क्योकुशिन कराँते संघ मकवानपुरको आयोजनामा हेटौंडा-१४ स्थित कालापानी कभर्ड हलमा प्रतियोगिता आयोजना गर्न लागेको नेपाल शिन क्योकुशिन कराते संघका उपाध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभएको छ ।

करिब एक लाख नौं हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा पुरुष र महिलाका ३०, ३५, ४०, ४५ र ५० किलो तौल समूह र ५० किलो तौल भन्दा माथि गरी विभिन्न १२ वटा तौल समूहमा खेलहरु हुने भएको छ । प्रतियोगितामा दुई सय खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ । विजेता, उपविजेता खेलाडीले ट्रफी, शिल्ड र मेडल प्राप्त गर्नेछन् । विजेता र उपविजेता खेलाडीहरुले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।