हेटौंडाः भारतको बजाज अटो लिमिटेडले उत्पादन गरेको तीन पाङ्ग्रे अटोको नयाँ मोडल सार्वजनिक गरिएको छ । हेटौंडा–१० स्थित बजाज कम्पनीका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीका आधिकारिक डिलर होराइज अटो प्रालिमा नयाँ अटो सार्वजनिक गरिएको हो ।
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द्र एन्ड कम्पनीले बजाज ‘रे’को बीएस भीआई मोडल नेपालमै पहिलोपटक सार्वजनिक गरेको डिलरका प्रोप्राइटर लालकाजीरत्न बज्राचार्यले जानकारी दिनुभयो । सार्वजनिक गरिएको नयाँ मोडलको अटोमा फुल इन्जेक्सन प्रविधिसहितको २३६ सीसीको इन्जिन रहेको छ । उक्त अटोले उच्चत्तम पावर र तान शक्ति दिनुका साथै माइलेज पनि बढी रहेको कम्पनीले जनाएको छ । अटोमोटिभ रिसर्च एसोसिएन अफ इन्डियाको परीक्षणबाट सार्वजनिक अटोले ३० किलोमिटर प्रतिलिटर माइलेज दिने प्रमाणित भएको जनाइएको छ ।
फाइनान्स र एक्सचेन्ज सुविधासहित नेपालभर उपलब्ध रहेको अटोमा एफएम रेडियो तथा एमपी थ्री जडान गरिएको छ । विभिन्न नयाँ विशेषतासहितको सार्वजनिक अटोको सुरुवाती बजार मूल्य ५ लाख ६५ हजार रुपैयाँ तोकिएको बज्राचार्यले बताउनुभयो । अटो सार्वजनिक कार्यक्रममा गोल्डेन अटो प्राविधिक संघ अध्यक्ष सुधीर थापा तथा अटो तथा साइकल संघका अध्यक्ष शिव थापालगायतको उपस्थिति रहेको थियो ।