हेटौंडाः बागमती प्रदेश सभाको बैठक फागुन ५ गतेसम्मका लागि सरेको छ । आज सोमबार हुने भनिएको बैठक फागुन ५ गतेका लागि सारिएको भनी बागमती प्रदेश सभाका सचिव कृष्ण हरि खड्काले आइतबार राती ९ बजेर १५ मिनेटमा सूचना जारी गर्नुभएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा दर्ता भएको प्रस्तावमाथि छलफल सुरु गर्नुपर्ने बैठक एक्कासी सारिएको छ । विशेष कारणले प्रदेश सभा बैठक सारिएको भनी प्रदेश सभाका सचिव खड्काले आइतबार राती विज्ञप्तिमार्फ जानकारी गराउनुभएको छ ।