हेटौंडाः जेसीआई हेटौंडाको अध्यक्षमा लिसेन बस्नेत पदस्थापित हुनुभएको छ । माघ २ गते सम्पन्न निर्वाचन कार्यक्रमबाट बस्नेत वर्ष २०२१ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । बस्नेतको अध्यक्षतामा नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु पनि एकसाथ पदस्थापित भएका छन् ।
जेसीआई हेटौंडाको वर्ष २०२० का अध्यक्ष राजदेव बनियाँको अध्यक्षतामा भएको पदस्थापन समारोहको प्रमुख अतिथि बागमती प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घलेको प्रमुख आतिथ्यता रहेको थियो । पदस्थापन समारोहमा अध्यक्ष बस्नेतले महासचिवमा श्रवण बर्तौला, कोषाध्यक्षमा संग्राम बल, शाखा सम्पादकमा विकेशलाल श्रेष्ठ र कानुनी सल्लाहकारमा पवन कंशाकारलाई नियुक्त गर्नुभएको छ । युवालाई सामाजिक सेवाको क्षेत्रमा क्रियाशील गराउन जेसीआई महत्वपूर्ण संस्थाको रुपमा स्थापित हुँदै आएको छ ।