हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रमै अवैध लागूऔषध गाँजाको व्यावसायिक खेती भइरहेको पाइएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफलेको कमाण्डमा प्रहरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २० जनाको संयुक्त प्रहरी टोलिले मंगलबार गाँजा खेती फँडानी समेत गरेको छ ।
हेटौंडा–१६ को आकासे, धारापानी, स्वाँरा, गोक्ते र शक्तिखोला लगायतका विभिन्नस्थानहरुमा कुल ३ विगाहा क्षेत्रफलमा लगाएको लागुऔषध गाँजा खेति फँडानी गरी नष्ट गरिएको छ । यसअघि मकवानपुर प्रहरीले जिल्लाको दुर्गम क्षेत्रमा लागूऔषध गाँजाखेती फँडानी गरेको थियो ।