रक्तदान गर्दैै रक्तदाताहरु ।

हेटौंडाः हेटौंडा–२ स्थित सिद्धार्थ माविको ४५ औं वार्षिकोत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रम भएको छ । विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माको अध्यक्षतामा विद्यालय परिसरमै भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकले रक्तदान गरेका थिए ।

रक्रसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा २ नम्बर वडा सदस्य महेश्वरमान श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधु बजगाईको पनि उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक पिताम्बर बास्तोलाको संयोजकत्वमा रक्तदान कार्यक्रम भएको हो । दश जोड दुई तहसम्म पठनपाठन हुने सिद्धार्थ माविमा एक हजार सात सय १० जना विद्यार्थी अध्ययनर छन् ।