हेटौंडाः थारु समुदायको महानपर्व माघीको अवसरमा हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको सभाहलमा तेस्रो थारु माघी महोत्सव मनाइएको छ । थारु समुदायको कला, संस्कृति र परम्परालाई उजागर गर्ने उद्देश्यले सँंस्कृतिक कार्यक्रमसहित माघी महोत्सव गरिएको हो ।

थारु कल्याणरिणी सभा मकवानपुरका सभापति हरीलाल चौधरीको सभाध्यक्षता रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका जिल्ला संयोजक जंगबहादुर गुरुङ, वन विज्ञान अध्ययन संस्थानका प्रमुख कृष्ण थारु मगर, नेपाल भारत बुहप्राविधिक महाविद्यालयका प्रमुख रामनरायण चौधरी, थारु महिला सभाकी केन्द्रीय उपाध्यक्ष अमिता चौधरी, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष नरेश श्रेष्ठलगायतको अतिथ्यता थियो ।

महोत्सवमा थारु जातिको सांस्कृतिक पोसाक लगाएर नृत्य तथा विभिन्न कला प्रदर्शन गरिएको थियो । कार्यक्रममा मकवानपुर, बारा, पर्सा, सर्लाही तथा रौतहट जिल्लाका थारु अगुवाहरुलाई सम्मान गरिएको थियो ।