हेटौँडाः मकवानपुरको थाहा नगरपालिकामा जारी थाहा गोल्डकमा आज विभिन्न चार खेलहरु हुँदैछन् ।

आज बिहान भएको खेलमा रिसेश्वर एफसीए ११ ले विसिङ खेललाई ५—२ गोलअन्तरले पराजित गरेको छ ।

यस्तै अहिले न्यु प्रगतिशिल विरुद्ध बारा गढीसँगको खेल भईरहेको छ । आज दिउँसो ग्याङ स्टार विरुद्ध विनयबाबु र ल्यायमपुच विरुद्ध टाखेल बिच खेल हुने आयोजक सुमन विष्टले जानकारी दिनुभयो ।

थाहा गोल्डकपमा पहिलो चरण खेलहरु सम्पन्न भइसकेका छन् । कुल ३२ टिमले सहभागिता जनाएको खेलको विजेताले नगद १ लाख रुपैया र उपविजेता हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।