हेटौंडाः हेटौंडा–४ स्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा शनिबार भएको छ । साधारणसभामा सहकारीका अध्यक्ष बगान सिंह थिङले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष थिङले सहकारीको सेयर सदस्य छ सय १७ जना रहेको जानकारी दिनुभयो । कुल बचत एक करोड ६७ लाख ११ हजार रुपैयाँ रहेको सहकारीले आर्थिक वर्ष २०७६/०७७ मा कुल लगानी दुई करोड आठ लाख ४३ हजार रुपैयाँ रहेको उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा सहकारीले असल ऋणी नम्रता विष्ट तामाङ र असल मासिक बचतकर्ता नर बहादुर राई, विदुर धिमाल, बाल सदस्य सम्सडा लामालाई सम्मान गरेको छ । यस्तै सहकारीले कमचारीतर्फ लेखापाल रोशनी रोक्का र बजार प्रतिनिधी इर्कल्स राईलाई पनि सम्मान गरेको छ । कार्यक्रममा सहकारीका उपाध्यक्ष सूर्य बहादुर थापा, सचिव रमेश प्रसाद कँडेल, व्यवस्थापक सरोज घिमिरेलगायत सहकारीका कर्मचारी र सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।