हेटौंडाः हेटौंडा ११, नवलपुरमा बुधबार भएको रक्तदानमा ३३ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरको नवलपुर उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३३ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।
पछिल्लो समय रगतको माग बढेसँगै जिल्लामा विभिन्न संघ संस्थाहरुले रक्तदानको कार्यक्रमहरु आयोजना गर्दै आएको उहाँले बताउनुभयो । हाल चितवन र अन्य जिल्लाहरुबाट पनि रगतको माग बढेको तथा हेटौंडामा पनि रगतको खपत बढेको उहाँको भनाई छ ।