हेटौंडाः मकवानपुर जिल्लामा सोमबार १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ८ जना, मनहरी गाउँपालिकाका ४ जना र बकैया गाउँपालिकाका एकजना रहेको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । सोमबार नै संकलित स्वाब नमूनाको हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।