बैठकमा सहभागी नेताहरु ।

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहका मकवानपुर जिल्ला तहका अगुवा नेताको भेलाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पार्टीको तल्लो तहमा बहस सञ्चालन गर्ने भएको छ ।

बैठकमा सहभागी नेताहरु ।

सोमबार पार्टी कार्यालयमा भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै तल्लो तहसम्म उक्त घटनाको विषयमा छलफल गर्ने निर्णय भएको नेता विरोध खतिवडाले जानकारी दिनुभएको छ । नेकपा केन्द्रीय सदस्य एवम् संघीय सांसद विरोध खतिवडाले जनताको मत र विश्वासलाई प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा व्यक्तिगत अहंकार र घमण्डले निर्णय लिएको बताउनुभयो ।

पार्टीमा एक्लिँदै गएपछि पार्टी अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओलीले संविधानको गलत व्याख्या गर्दै संसद विघटनको निर्णय कार्यान्वयन नहुने पनि नेता खतिवडाले दावी गर्नुभएको छ । अनौपचारिक रुपमा भएको भेलामा एक सय भन्दा बढी अगुवा नेता, कार्यकर्ताको सहभागिता रहेको बताइएको छ । भेलामा पालिकाका प्रमुख तथा उपप्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।