हेटौंडाः मकवानपुरमा आइतबार ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार ४८ जनाको स्वाब परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।

जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरका ४ जना, भीमफेदी र बागमती गाउँपालिकाका एक–एक जना र बारा जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुर जिल्ला बस्दै आएका एकजना छन् ।