हेटौंडाः मकवानपुरमा आज १२ जनामा कोरोना पुष्टि भएको छ । आज राति हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाका ५ वटा वडाका १० जना र मनहरी र बागमती गाउँपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको छ ।
आज ५ जना महिला र ७ जना पुरुषमा कोराना भाइरसको सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।