हेटौंडाः हेटौंडामा शनिबार भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रिलायन्स लाईफ ईन्सोरेन्स हेटौंडा शाखाले तेस्रो वार्षिकोत्सवको अवसरमा गरेको रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र हेटौंडाले प्राविधिक सहयोग गरेको थियो । कोरोना महामारीका बेला रगतको अभाव नहोस् भनी रक्तदान कार्यक्रम गरिएको बताइएको छ ।