हेटौंडाः मकवानपुर जिल्लामा शुक्रबार २१ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित मध्ये आठ महिला र १३ जना पुरुष रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार हेटौंडा उपमहानगरपालिकाका १९ जना र चितवन जिल्लाको भरतपुर महानगरपालिका स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बसोबास गर्दै आएका दुईजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । शुक्रबार बिहान सङ्कलन गरिएको ७७ जनाको स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।