महासंघ गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः मकवानपुर जिल्लामा क्रियाशील साना तथा मझौला यातायात कम्पनीहरुको संयुक्त भेला शनिबार भएको छ । भेलाले छाता संगठनको रुपमा १८ सदस्यीय संयुक्त अटो यातायात महासंघ गठन गरेको छ । महासंघको अध्यक्षमा सुधीर थापा, वरिष्ठ उपाध्यक्षमा उमाकान्त खतिवडा, उपाध्यक्षमा कृष्ण बहादुर थापा, महासचिवमा नवराज घिमिरे, सचिवमा रामकुमार अर्याल, कोषाध्यक्षमा बलराम पौडेल, सह कोषाध्यक्षमा रामबहादुर भोम्जनलाई चयन गरेको छ ।

हेटौंडास्थित बालकुमारी पार्टी प्यालेसमा भएको कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । भेलामा गोल्डेन यातायात प्रालि, सार्वजनिक मकवानपुर यातायात प्रालि, नेपाल अटो तथा विद्युतीय यातायात प्रालि, आओर ब्राइट फ्युचर यातायात प्रालि, भुटनदेवी मल्टिपर्पोज यातायात प्रालि, मित्रभाव अटो सेवा प्रालि, अटो सेवा समिति यातायात प्रालि, ३ नम्बर प्रदेश यातायात प्रालि र स्वरोजगार मजदुर हेटौंडा प्रालि गरी ९ वटा कम्पनिका प्रतिनिधिको सहभागिता रहेको थियो ।