हेटौंडाः मकवानपुर जिल्लामा बिहीबार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार १९ जना महिला र २३ जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
बुधबार सङ्कलन गरिएको ६९ जनाको स्वाब नमूना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४१ जना र मकवानपुरगढी गाउँपालिकाका एक जना छन् ।