हेटौंडाः मकवानपुर जिल्लामा शनिबार बिहानै १२ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उपमहानगरक्षेत्रका ८ जना, मनहरी गाउँपालिकाका १ जना र जिल्लाबाहिरका ३ जना रहेका छन् ।
शुक्रबार संकलित स्वाब नमूना हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणको नतीजा शनिबार बिहानै प्राप्त भएको हो ।