हेटौंडाः मनहरी गाउँपालिकामा वडा नम्बर ७ स्थित इनारमा पसेका ३ जनाको उद्दार गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । इनारको मोटरपम्प बिग्रिएपछि साह पार्टी प्यालेसको इनारमा मोटर मर्मतका लागि सुरज साह छिरेका थिए ।
उनी इनारबाट बाहिर नआएपछि पुनः स्थानीय उत्सव नेपाली इनारमा गएको प्रहरीले जनाएको छ । जितबहादुर लोसहित, सुरज साह, उत्सव नेपालीको जिवितै उद्दार गरी अस्पताल पठाइएको छ । सशस्त्र प्रहरी बल र नेपाली सेनाले उद्दार गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ ।
सच्याइएकोः यसअघि दुईजनाको अझै उद्दार प्रयास भइरहेको भनी उल्लेख भएकोमा सच्याइएको छ । सम्पादक ।