Home खेलकुद बानियाँद्वारा कभर्डहललाई १५ हजार सहयोग

बानियाँद्वारा कभर्डहललाई १५ हजार सहयोग

हेटौंडाः हेटौंडा–५, पिप्लेका रविन बानियाँ र उहाँकी आमा नर्वदा बानियाँले पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हलका लागि १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

निर्माणाधीन कभर्डहलका लागि बानियाँ परिवारले मंगलबार सहयोग रकम उपलब्ध गराएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ । पिप्ले युवा क्लबको अग्रसरतामा निर्माणाधीन बहुउपयोगी कभर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

Exit mobile version