Home मुख्य समाचार काम खोज्दै हेटौंडा आएर बिचल्लीमा परेकी झापाकी किशोरीको उद्दार

काम खोज्दै हेटौंडा आएर बिचल्लीमा परेकी झापाकी किशोरीको उद्दार

उद्दार गरिएपछि प्रहरीको उपस्थितिमा किशोरीसँग प्रारम्भिक सोधपुछ गर्दै मानवसेवा आश्रमका अभियन्ता ।

हेटौंडाः नेपालको पूर्वीक्षेत्र झापा जिल्लाकी १६ वर्षीया किशोरी टीका कोईरालाको हेटौंडाबाट उद्दार गरिएको छ । गएराती हेटौंडा–१३, पदमपाखेरीबाट कोईरालालाई मानवसेवा आश्रमका अभियन्ताहरुले प्रहरीको सहयोगमा उद्दार गरिएको जनाएको छ । झापाको चुलाचुली गाउँ तोरिबारी ठेगाना बताउने कोईराला कामको खोजीमा एक महिनाअघि हेटौंडा आइपुगेको र यहाँ विचल्लीमा परेको मानवसेवा आश्रमले जनाएको छ ।

मानसिक रुपमा स्वस्थ भए पनि लामो समयदेखि बिचल्लीमा परेकाले भावनात्मक रुपमा कमजोर अवस्था देखिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभएको छ । वडा अध्यक्ष मनोज वाईबाले बिचल्लीमा परेकी कोइरालाको उद्दार गर्न जानकारी गराएपछि उद्दार गरिएको अधिकारीको भनाइ छ । गए राती १० बजेको समयमा उद्दार गरी मानवसेवा आश्रममा राखेर बालिकालाई सहज महसुस गराउने प्रयास भइरहेको र थप सोधपुछपश्चात घर फर्काउन प्रयास गरिने उहाँले जानकारी दिनुभएको छ ।

Exit mobile version