Home मुख्य समाचार सानोपोखरा फुड बैंकबाट आज ५० परिवारलाई खाद्यान्न बितरण

सानोपोखरा फुड बैंकबाट आज ५० परिवारलाई खाद्यान्न बितरण

हेटौंडाः हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकबाट आज ५० परिवारलाई खाद्यान्त वितरण गरिएको छ ।

आज बाल जागृती बोर्डिङ स्कुलका शिक्षिका उर्मिला राई र बकैया गाउँपालिका नेपाली कांग्रेस सभापति भुमीनन्दन गौतमले ५० परिवारलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको र कार्यक्रममा ५ नम्बर वडा युवा क्लबले स्वंमसेवकको भुमिका निर्वाह गरेको क्लबका सल्लाहकार विशालराज महतले जानकारी गराउनुभयो ।

त्यस्तै भोलि सानोपोखराको फुड बैंकलाई हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँले खाद्यान्न हस्तान्तरण गर्ने कार्यक्रम रहेको महतले बताउनुभयो ।

Exit mobile version