Home मुख्य समाचार भोली मकवानपुरमा जोर नम्बरका निजी सवारीहरु मात्र चल्न पाउने

भोली मकवानपुरमा जोर नम्बरका निजी सवारीहरु मात्र चल्न पाउने

हेटौंडाः मकवानपुरमा भोली जोर नम्बरको निजी सवारी साधनहरु मात्र चल्न पाउने भएका छन् । भोली शुक्रबार भाद्र २६ गते जोर बार भएकोले जोर नम्बरको मात्र सवारी चल्न दिने मकवानपुर ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले बताउनुभयो ।

जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारीहरु मात्र चल्न पाउने ट्राफिक प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो ।

यसअघि बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भोलीबाट असोज ५ गतेसम्म जिल्लामा चल्ने नीजि सवारीमा जोर बिजोर प्रणाली लागु गर्न आदेश जारी गर्नुभएको थियो ।

भोली शुक्रबारबाट हेटौंडा बजार प्रवेश गर्ने नाकाहरुमा प्रहरीले कडाई गर्ने भएको छ । हेटौंडा बजार प्रवेश गर्ने नाकाहरु हेटौंडा–१ को चौकिटोल, हेटौंडा–११ को थानाभ¥याङ, हेटौंडा–९ को पशुपतिनगर र हेटौंडा–६ को चौघडामा प्रहरीहरुले जोर बिजोर नम्बरका सवारीहरुको चेकजाँच गर्ने भएको छ ।

Exit mobile version